१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

प्रदेश १ मा १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार, संलग्न चार जना पक्राउ


१ चैत, मोरङ । मोरङकको उर्लाबारीमा १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

उर्लाबारी–४ स्थित किशान चोक नजिकै सोल्टी खोलामा उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए । अर्की एक सोही उमेरकी किशोरीले ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १६:४९