न्याय सेवाका ६१ अधिकृतको सेवाप्रवेश तालिम सम्पन्न
२ मंसिर, काठमाडौँ । न्याय सेवा तालिम केन्द्रले संञ्चालन गरेको एक महिने सेवाप्रवेश तालिमको आज एक समारोहका विच समापन गरिएको छ । केन्द्रले न्याय सेवामा सिफारिस भएका ६१ जना नयाँ अधिकृतहरुलाई तालिम प्रदान गरेको हो । समापन कार्यक्रममा बोल्दै कानून सचिव तथा तालिम केन्द्र संञ्चालक समितिका अध्यक्ष राजिव गौतमले बदमासीबाट जोगिदै संघिय संरचनामा रहेर काम गर्न तयार हुन आग्रह गर्दै नयाँ अधिकृतहरुबाट प्रभाबकारी सेवाप्रवाहको अपेक्षा गरेको बताए ।

त्यस्तै, नायब महान्याधिबक्ता किरण पौडेलले न्याय सेवाको छविलाई उच्च राख्न नयाँ अधिकृतहरु सक्षम रहने विश्वास ब्यक्त गरे ।सर्वोच्च अदालतका रजिस्टार महेन्द्रनाथ उपाध्यायले कर्मचारीको अभावका बाबजुद नयाँ अधिकृतहरुलाई थप तालिमका लागि प्रशासनिक प्रशिक्षण केन्द्रमा पठाउन लागिएको बताउँदै त्यहाँ प्राप्त ज्ञानले न्याय क्षेत्रलाई थप उचाईमा पुर्याउने विश्वास ब्यक्त गरे ।

तालिम केन्द्रका निमित्त प्रमुख शंकर बहादुर के.सी.ले तीन महिने तालिमलाई एक महिनामा सम्पन्न गरीएको र यसबाट नयाँ अधिकृतहरुलाई सैद्दान्तिक र ब्यबहारिक ज्ञान प्रदान गरिएको जानकारी गराउए । साथै यस तालिमको अनुभवले नयाँ अधिकृतहरुको कार्यसम्पादनमा सहजता आउने बिश्वास ब्यक्त गरे । तालिमको अनुभव सुनाउँदै नबनियूक्त अधिकृत गणेश पौडेलले यस तालिमबाट उत्साहि रहेको बताए । तालिमबाट सैद्दान्तिक र ब्यबहारिक ज्ञान प्राप्त गरेको र आगामी दिनमा तालिमलाई थप प्रभावकारी गराउन व्यवहारिक ज्ञानको पक्षमा जोड दिनसमेत उनले आग्रह गरे ।
प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १४:३८












