१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

प्रचण्ड भेट्न बालुवाटार जाँदै ओली, यस्तो छ एजेण्डा

९ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न जाँदैछन । पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्राका क्रममा देखिएका भोगेका विषय समेटेर एमालेले तयार पारेको प्रतिवेदन हस्तान्तरणका लागि ओलीले प्रचण्डसँग समय मागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एमालेको टोलीसहित पुग्ने कार्यक्रम रहेको छ । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम रहेको बुझिएको छ । मंसिर १४ देखि पुस २ गतेसम्म १९ दिन लामो यात्रा एमालेले गरेको थियो । उक्त यात्रामा एमालेले ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने नाराको समेत ब्राण्डिङ गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ०६:३९