७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

एक कम्पनीको २६.५७ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

८ माघ, काठमाडौँ । सोल्टी होटल लिमिटेडले नगद लाभांश सेयरधनीहरूको खातामा जम्मा गरेको छ ।  कम्पनीको गत पुस २६ गते सम्पन्न ४९ औँ वार्षिक साधारण सभाबाट पारित २६.५७८ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले उक्त लाभांश गत पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको जनाएको छ । साथै, सो मितिपश्चात अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः नगद लाभांश सम्बन्धित खातामा जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ०९:२२