७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

यस्तो छ अपर तामाकोशीको लिलामी सेयरमा कट अफ प्राइस

७ माघ, काठमाडाैँ ।  अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको कट अफ भाउ सार्वजनिक भएको छ ।  बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार सेयरको कट अप मूल्य १४६ रुपैयाँ कायम भएको छ । तर, यो नै अन्तिम मूल्य भने होइन ।

क्यापिटलका अनुसार अन्तिम नतिजा आउन बाँकी रहेको र यस भाउमा सामान्य मात्र तलमाथि हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १७:२४