१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

२५० रुपैयाँमा सूर्योदय वोमी लघुवित्तको ७५ हजार कित्ता सेयर बिक्रीमा

७ माघ, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

बिक्रीमा राखिएको उक्त सेयरमा इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि माघ १५ गतेसम्म लगानीकर्ताले थापाथलीमा रहेको एनआईशी एशिया क्यापिटलको कर्पोरेट कार्यालय र विराटनगर, विरगंज,पोखरा,बुटवल,धनगढी र विरेन्द्रनगरमा रहेका शाखा कार्यालयहरुमा आफुले लिन चाहेको सेयर संख्या र प्रति कित्ताको दर उल्लेख गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १६:१९