१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, यस्तो छ बैंकहरूको नाफा

७ माघ, काठमाडाैँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । हाल सञ्चालित २० वटावाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका यी २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएका छन्।

हेरौँ, कुनले कति कमाए नाफा ?

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । याे अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ ।

नबिल बैंक

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सो अवधिमा बैंक १२ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ७५ करोड २१ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६३ प्रतिशतले कम हो ।

प्रभु बैंक

प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । यो नाफा गत आवको साेही अवधिकाे तुलनामा भने ३९.९७ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ ।

राष्ट्रिय वाणिज्य बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा को २५.६८ प्रतिशत कम हो । गत आवको सो अवधिमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ७.८८ प्रतिशतले धेरै हो । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ ।

एनएमबि बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा कम हो । त्यस अवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ ।

हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ५७.५३ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसअवधिमा बैंकले १ अर्ब १७ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४९ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ ।

सिद्धार्थ बैंक लिमिटेड

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको छ । यो नाफा गत गत आवको सोहि अवधिको तुलनामा २ प्रतिशत कम हो । गत आवको सो अवधिमा बैंकले १ अर्ब १६ करोड रूपैयाँ नाफा कमाएको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ६.९६ प्रतिशतले कम हो । गत वर्ष यो बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सानिमा बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ११.४१ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हेर्दा यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।

माछापुच्छ्रे बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले ८० करोड ५३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैंकको खुद नाफा २१ दशमलव ४५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने २४ करोड ६९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १५:४४