७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, ७ अर्ब ६७ करोडकाे काराेबार

७ माघ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ६७ करोड रुपैयाँकोसेयर कारोबार भएको छ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन समाज लघुवित्त र आँखु खोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । आज सिइडिबि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १५:२५