नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्याे, खुद ब्याज आम्दानी ८०.२० प्रतिशतले बढ्याे
७ माघ, काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ ।बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६३ प्रतिशतले कम हो । याे अवधिमा बैंककाे खुद ब्याज आम्दानी ८०.२० प्रतिशतले बढेर ७ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
बैंककाे इम्पेयरमेन्ट चार्ज ६० करोड रुपैयाँबाट २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । याे अवधिमा बैंकको खराब कर्जा ३.७१ प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेको छ ।बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
बैंकले यो अवधिमा ३ खर्ब ८९ अर्ब ०३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब १२ अर्ब ६० करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । याे अवधिमा बैंकको खराब कर्जा ४.७५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंककाे खराब कर्जा ३.७१ प्रतिशत मात्रै थियो ।याे अवधिमा बैंकले प्रतिसेयर आम्दानी १० रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७०.७ रुपैयाँ छ ।
प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १२:४८