८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

७ माघ, काठमाडाैँ । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण गरिनेछ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १२:०४