१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

५७.५३ प्रतिशतले बढ्यो हिमालयन बैंकको नाफा, ब्याज आम्दानीसँगै इपिएस पनि बढ्यो

७ माघ, काठमाडाैँ ।  हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिकाे तुलनामा ५७.५३ प्रतिशतले धेरै हो । गत वर्षकाे साेही अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ रुपैयाँ कायम भएको छ । याे अवधिमा बैंकको सञ्चालन नाफा पनि ५९.२१ प्रतिशत बढेर २ अर्ब २१ करोड १७ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ । याे अवधिमा बैंकको कुल संचालन आम्दानी पनि ५२.६७ प्रतिशत बढेर ६ अर्ब ६० करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोषमा १७ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ जम्मा रहेको छ ।बैंकको खराब कर्जा दर ३.७७ प्रतिशतबाट बढेर ४.९५ प्रतिशतमा पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.२५ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । याे अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ८९ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १६२ रुपैयाँ १७ पैसा छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १०:३५