धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन
५ माघ, काठमाडाैँ। सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र उदय निरौला छन् ।
धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
सिफारिस समितिले प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको छ, हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १०:५६












