समा पेपर्स एन्ड पब्लिकेशनले आईपीओ निष्कासन गर्ने
४ माघ, काठमाडाैँ। समा पेपर्स एन्ड पब्लिकेशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित माघ २२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावका साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
प्रकाशित मिति : 14:12









