१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आरएसडीसी लघुवित्तको खूद नाफा घट्यो, यस्ता छन् अन्य सूचक

४ माघ, काठमाडाैँ। आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ ।  विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको साेही अवधिकाे तुलनामा १२.७३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ९४ लाख बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्ममा कम्पनीले ६ अर्ब १ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसैगरी, कम्पनीको निष्क्रिय कर्जा भने ०.८१ बाट १.८२ प्रतिशत पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ भने जगेडा कोषमा १२ करोड १० लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ९४ पैसा कायम भएको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १ पैसा छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १२:१७