नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त
३ माघ, काठमाडाैँ । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।
अर्थ मन्त्रालयको प्रस्तावमा कार्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । कार्कीले नेपाल राष्ट्र बैंकमा तीन दशक बिताएका छन् । उनी राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् ।
प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १७:२२












