सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब ७६ करोडको कारोबार
३ माघ, काठमाडौँ । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से १२.१० अंकले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा बन्द भएको हो ।
घटेको बजारमा कारोबार रकममा भने उछाल आएको छ । आज ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र गरिमा डिभेञ्चर २०८५ कम्पनीको सेयर मूल्यमा उच्च बढेकाे हाे । यस दिन सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ ।
प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १५:१४












