७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

एक कम्पनीकाे ८. ४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

३ माघ, काठमाडाैँ। इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीकाे खातामा नगद लाभांश जम्मा गरेकाे छ । कम्पनीले गत मंसिर १५ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित ८. ४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले मंसिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेकाे जनाएकाे छ । साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०९:०७