५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेकाे छैनः नेता खनाल

१ मंसिर, काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । नबयूग बहुउदेश्य सहकारी संस्थाको १९ औँ बार्षिक साधरण सभाको उद्धघाटन गर्दै खनालले कमी-कमजोरीलार्इ सुधार्दै जनविश्वास कायम राख्न  सोहि अनुसार काम गर्न सरकारलाई सुझाब दिए ।


नेता खनालले विकास निर्माणका गतिविधि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि कमजोर जस्तो देखिएको बताए । सरकार साना विषयमा अल्झिँदा नागरिकमा निरासा बढेको खनालको भनार्इ थियो।

उक्त कार्यक्रममा स्थायी कमिटि सदस्य युवराज ज्ञवाली, ३ प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थाइ कमिटि सदस्य अमृत कुमार बोहोरा, तथा केन्द्रिय सदस्य काशीनाथ अधिकारी सहितको उपस्थिति थियो ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार २०:५२