८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

सेयर बजारमा उछालः नेप्से ५४.५४ अंकले बढ्दा ८ अर्ब २ करोडको कारोबार

२ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । अप्रत्याशितरुपमा नेप्से परिसूचक  बढेपछि लगानीकर्ताले राहत अनुभव गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५४ अंकले बढेर दुई हजार एक सय ७५ दशमलव १७ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयरमूल्य  १० प्रतिशतले बढेको छ । त्यस्तै, आज १५ कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेकाे छ । यस दिन ज्योती विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । मंगलबार सबैभन्दा बढी सोनापुर मिनिरल्सकाे कारोबार भएकाे छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १५:१३