७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउ घट्यो, यस्तो छ आजको मूल्य

२ माघ, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ११:२२