२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

घलेम्दी हाइड्रोको ३२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, यस्ताे छ न्यूनतम मूल्य

२ माघ, काठमाडाैँ । घलेम्दी हाइड्रो लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले गत गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको २०० प्रतिशत १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर  लिलामीमा बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो सेयर खरिदका लागि माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। त्यसैगरी, लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधितमक सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 10:10