एक कम्पनीको ४० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
२ माघ, काठमाडाैँ। नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) काे नगद लाभांश सेयरधनीकाे खातामा जम्मा भएकाे छ । टेलिकमको पुस २९ मा सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आज माघ २ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ। मर्जरपछि गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीको खाता नम्बर परिवर्तन हुने हुँदा परिवर्तित नयाँ खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ ।
साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीले भने ‘नो अब्जेक्सन लेटर’ वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्ने कम्पनीले जनाएकाे छ । साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।
प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०९:५३












