झापा इनर्जीले आईपीओ निष्कासन गर्ने
१ माघ, काठमाडाैँ। झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको एजेण्डासहित वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले माघ २३ गते कम्पनीको पाचौँ वार्षिक साधारण सभा बाेलाएकाे हाे ।
सभाले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानियवासीका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आईपीको निष्कासनको काम कारवाहीका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : 10:26









