२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सेयर बजारमा हरियाली, ५ अर्ब ४५ करोडकाे काराेबार

२९ पुस, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ ।

आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार ११ उपसूचकमा हरियाली छाएकाे छ ।

प्रकाशित मिति : 15:09