२८ हजार अमेरिकी डलरसहित रसुवाबाट दुई जना पक्राउ
१ मंसिर, रसुवा । २८ हजार अमेरिकी डलरसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् । काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका -६ बाट चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।
रसुवामा बसाइँसरेर चाइना पास समेत बनाएका उनिहरूलाई राजस्व अनुसन्धानमा बुझाइने प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १४:५६












