७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

३९ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुनले दिंदैछन् लाभांश ?

२९ पुस, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्स) मा सूचीकृत ३९ कम्पनीको वार्षिक साधारण सभा आज(पुस २९ गते) बस्दैछ । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्नेछ । यहि प्रावधानका कारण पुस महिनाको अन्तिम दिन ३९ कम्पनीको साधारण सभा बस्दैछ ।

साधारण सभा आह्वान गर्ने १४ कम्पनीहरुले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । बाँकी २५ कम्पनीका सेयरधनीको हात भने खाली हुने भएको छ । लाभांश  घाेषणा गर्ने कम्पनीमा नेपाल टेलिकम,छिमेक लघुवित्त,आईसीएफसी फाइनान्स,साना किसान विकास लघुवित्त,युनिभर्सल पावर कम्पनी,जीवन विकास लघुवित्त,मन्दाकिनी हाईड्रोपावर,गरिमा विकास बैंक,राधि विद्युत कम्पनी,बुटवल पावर कम्पनी,एचआईडीसीएल,श्री इन्भेष्टमेन्ट,ग्लोबल आइएमई लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् ।

सेयरधनीको हात खाली बनाउने कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक,प्राइम कमसिर्यल बैंक,घलेम्दी हाईड्रोपावर,हिमालयन बैंक,मोदि इनर्जी,अरुण भ्याली हाईड्रोपावर,इस्र्टन हाईड्रोपावर,सान्जेन जलविद्युत,गणपति लघुवित्त,राप्ति हाईड्रो,गुडविल फाइनान्स,गुडविल फाइनान्स,नेपाल बैंक,ज्योति विकास बैंक,बीपीडब्लु लघुवित्त,बाराहि हाईड्रोपावर,माथिल्लो मैलुङ खोला,सिनर्जी पावर,सीवाईसी नेपाल लघुवित्त,उन्नति सहकार्य लघुवित्त,युनियन हाईड्रोपावर,दोर्दी खोला,लक्ष्मी लघुवित्त र पोखरा फाइनान्सका रहेका छन् ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार ०९:३०