अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?
२७ पुस, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रदमा पुस २९ गते आइतबारसम्म आवेदन दिन सकिनेछ । आइतबार कार्यालय समयसम्म मात्र कम्पनीकाे हकप्रदमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस १३ गतेदेखि १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर लिलामी बिक्री खुला गरेको हो ।
कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त हकप्रदको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १७:१४












