शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, पारित भयो १५ प्रतिशत लाभांश
२७ पुस, काठमाडाैँ। शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा आज राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७९/ ०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पनि पारित गरेको छ ।
हाल कम्पनीको अधिकृतपूँजी ७ अर्ब रुपैयाँ र जारी तथा चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।
प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १४:५९












