आईजीपी सर्वेन्द्र खनाल इन्टरपोलकाे महासभामा भाग लिन दुबई प्रस्थान
१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८७ औं महासभामा भाग लिन हुन शुक्रबार राति दुबई प्रस्थान गरेका छन् । खनालसँगै महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।
प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ०८:५७












