नेप्सेमा एक कम्पनीकाे बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
२६ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४७१ रुपैयाँ ८१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ४९५ रुपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब आइतबारबाट सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १७:०७












