निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको अनुसन्धान डीएनए परिक्षणमै अड्कियो
१ मंसिर, महेन्द्रनगर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शुक्रवार ११४ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए, तर प्रहरीलाई हत्यारा नजिक पुग्नु ‘फलामका चिउरा’ चपाउनु सरह भएको छ । प्रारम्भिक अनुसन्धानमा तत्कालिन प्रहरी अधिकारीको लापरबाहीले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको हो ।
प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ०७:५८












