८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

२६ पुस, काठमाडाैँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।

आइएमई लाइफ इन्स्योरेन्सले सावधिक,बाल सावधिक तथा सामूहकि सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका लागि ६७ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ।

यस्तै सावधिक तथा आजीवन बीमा लेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ र ३० वा सोभन्द माथिका लागि ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

कम्पनीले अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनस दर तोकेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गतको १० देखि १४ वर्षका लागि ३० रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ कायम गरेको छ।

कम्पनीले बाल अग्रीम भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्षको अवधिका लागि ३० रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदरको व्यवस्था गरेको छ ।

बाल वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गतका सम्पूर्ण बीमा अवधिका लागि २२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ११:०३