साल्ट ट्रेडिङले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
२६ पुस, काठमाडाैँ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १०:१४












