२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ पुस, काठमाडाैँ। सिटिजन लाइफ इइन्स्योरेन्सको कम्पनीको लाभांस सुरक्षित गर्ने आज (पुस २६ गते) बिहीबार अन्तिम दिन रहेको छ ।कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले माघ १४ गते साधारणसभा आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ०९:५४