५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

प्रहरी हवल्दार सुदामा हजारा १ लाख घुससहित रङ्गेहात पक्राउ

३० कात्तिक,कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले १ लाख लिदैँ गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

आरोपी हजारा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका छन् । उनलाई थप अनुसन्धानको लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडामा राखी अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार २०:१६