चन्द्रागिरि हिल्सले साधारण सभा बिहीबार, सेयरधनीको हात खाली
२५ पुस, काठमाडौं । चन्द्रागिरि हिल्सकाे वार्षिक साधारण सभा भाेलि (पुस २६ गते) बिहीबार बस्दै छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १४औं साधारण सभा पुस २६ गते दिउँसो साढे १२ बजे कम्पनीको कार्यालय थानकोट परिसरमा गर्ने निर्णय गरेको थियाे ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट सेयरधीका लागि कुनै पनि लाभांश प्रस्ताव गरेकाे छैन् । यसकाे अर्थ याे बर्ष सेयरधनीका हात खाली हुनेछ ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेकाे छ । तसर्थ पुस १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयधनैहरूले मात्रै कम्पनीकाे सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १०:४४












