१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

राप्रपा फेरि फुटको संघारमाः कोशी प्रदेशको सभामुखलाई फिर्ता बोलाउन लोहनीको निर्देशन

२५ पुस, काठमाडाैँ । पूर्व पञ्च र राजावादीहरूको पार्टीको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयका विरूद्धमा निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विज्ञप्ति नै निकालेर सभामुखमा अम्मरबहादुर विष्टले दिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन ।

उनले यसअघि पार्टी अध्यक्षसहितको नेताहरूको सहमतिमा कोशी प्रदेशको सभामुखका लागि उम्मेदवारी नदिने सहमति भएको भन्दै उनले निर्देशन र सहमति बिपरित उम्मेदवारी दिएकाले फिर्ता लिन निर्देशन दिएका छन । लोहनीको यो निर्देशनबाट अध्यक्ष राजेन्द्र लिङ्देन र लोहनीको बीचमा समस्या सिर्जना भएको अनुमान गर्न सकिन्छ ।

मंगलबार नै कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्मरबहादुर विष्ट सर्वसम्मत भएका छन् । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि कोशीको मध्यावती टार्नका लागि राप्रपाका विष्टको उम्मेदवारीमा समर्थन जनाएपछि उनी सर्वसम्मत बनेका हुन । योसँगै राजवादी राप्रपाले सात मध्ये दुइ प्रदेशको सभामुख प्राप्त गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०९:१८