२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

एनएमबि बैंक तथा यूएसएआईडीद्वारा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

२४ पुस, काठमाडाैँ। एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट(यूएसएआईडी) सँगको सहकार्यमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

हालै विराटनगरमा आयोजित कार्यक्रममा उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सहभागी थिए । कम्पनीले हाल देशभरी २०१ शाखाहरु, १७१ वटा एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत् सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १२:३१