११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

हिमालयन रि इन्स्योरेन्सको सेयर ३७४.१० रुपैयाँमा कारोबार, कति पुग्ला ?

२४ पुस, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो कारोबार दिन पनि सर्किट लेभलमा बढेर कारोबार भएको छ । पहिलो कारोबारकाे दिन सोमबार पनि रि इन्स्योरेन्सको सेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो ।

साेमबार हिमालयन रिको सेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा कारोबार भएको थियो । आज कम्पनीकाे सेयर १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएर कम्पनीकाे सेयर हिजो साेमबारदेखि कारोबार सुरू भएकाे हो । यस कम्पनीकाे प्रतिकित्ता   ३०९.२० रुपैयाँमा पहिलो कारोबार सुरु भएको थियो ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १२:२१