२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

उत्तर पश्चिम पाकिस्तानमा बम विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते

२३ पुस, इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ । प्रहरीको गाडी नजिकै भएको विस्पोटमा पाँच प्रहरीसहित छ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विष्फोटक पदार्थ बिछ्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विस्पोट गरिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १७:०६