हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट
२३ पुस, काठमाडाैं। नियमित कारोबार सुरु भएको केहि सेकेण्ड मै हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँ कायम भएको छ । कम्पनीको आज सोमबार बाट नै सेयर कारोबार सुरु भएको हो।
हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो । नेप्सेले कम्पनीलाई प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार भएको थियाे ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १२:४५












