५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

ट्र्याक्टर दुर्घटनामा गायक योञ्जनको मृत्यु

३०कात्तिक,दोलखा । पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो ।

भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १७:५९