नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने
२३ पुस, काठमाडाैँ। नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न माघ ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडाैँमा विहान १० बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुनेछ ।
सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ ।साथै, सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक समिति गठन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ । हाल कम्पनीले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति : 10:45









