माउन्टेन इनर्जी नेपालले घोषणा गर्याे लाभांश, यस्ताे छ बोनस र नगद
२३ पुस, काठमाडाैँ। माउन्टेन इनर्जी नेपालले लाभांश घाेषणा गरेकाे छ । कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको हाे ।
कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १०:२४












