८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सेयर बजारमा पायो ओरालो यात्राले निरन्तरता, ५ अर्ब २४ करोडकाे काराेबार

२२ पुस, काठमाडाैं । साताको पहिलो कारोबारको दिन सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.३६ अकंले घटेर २०२२.९२ बिन्दुमा बन्द भएको छ । आज ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज तेह्रथुम पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी, धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ५६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १५:१९