१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

एमालेले टुंग्यायो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा उम्मेदवार

२२ पुस, काठमाडाैं । नेकपा (एमाले) ले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।

बागमतीमा दोलखाको रोचकुमारी चौँलागाई, धादिङका ध्रुव विश्वकर्म  चितवनका निर्मल पौडेल र विवेक देवकोटालाई एमालेले उम्मेदवार बनाएको छ।

कर्णालीमा मुगुका डिल्लीराज भट्ट, दैलेखका हिक्मत बिक र हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको हाे । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रा घिमिरे, कैलालीकै रामचन्द्र जोशी र कञ्चनपुरका ईश्वरीप्रसाद खरेललाई एमालेले उम्मेदवार बनाएको छ।

साथै, गण्डकी प्रदेशमा बागलुङका मोहनलाल शर्मा ,मुस्ताङका हेमन्त शेरचन र गोरखाकी सम्झना देवकोटा रहेका छन् ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १५:११