हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत, यस्तो छ ओपनिङ रेञ्ज
२२ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ सूचिकृत भएको हो । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०३ रूपैयाँ ०७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीको स्टक सिम्बोल ‘एचआरएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सोमबार स्पेशल प्रि ओपन सेसनपछि काराेबार हुनेछ ।
प्रकाशित मिति : 13:41









