दुई कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए निवेदन
२२ पुस, काठमाडाैं । दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४.५१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २६४.५१ रुपैयाँमा आईपीओ निष्कासन गर्न गत पुस १२ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ ।
त्यस्तै, अन्नपूर्ण केबलकारले अंकित मूल्य १०० रुपैयाँमा ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न गत पुस १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ । यी दुवै कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।
प्रकाशित मिति : 11:54









