१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

यस्तो छ आज सुनचाँदीको मूल्य

२२ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार पनि सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार ११:०२