७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

‘खुला प्रतिस्पर्धा’कै इज्जत लुट्ने त्रिविको उपकुलपति मागको सूचना खारेज

२२ पुस, काठमाडौँ । ‘खुला प्रतिस्पर्धा’कै इज्जत लुट्ने गरी जारी गरिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्तिसम्बन्धी सूचना खारेज भएको छ । उपकुलपतिका लागि दरखास्त माग गरेर जारी गरिएको सूचना सिफारिस समितिले नै खारेज गरेको हो ।

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्तिको बीचमामत्र प्रतिस्पर्धा हुने गरी ‘खुला प्रतिस्पर्धा’को नाममा सूचना जारी भएपछि खारेज गर्न निर्देशन दिएका थिए । सोही बमोजिम सिफारिस समितिको शनिबारको बैठकले आफैँले जारी गरेको सुचना खारेज गरेको हो ।

समितिले शुक्रबारको गोरखापत्रमा सूचना प्रकाशित गरेर उपकुलपतिका लागि सीमित व्यक्तिसँग निवेदन माग गरेको थियो । उक्त सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको थियो । सो मापदण्डका आधारमा सरकारले चाहेका व्यक्तिलाई उपकुलपतिमा ल्याउन खोजेको र त्यसलाई खुला प्रतिस्पर्धा भन्न निमल्ने भन्दै चर्को बिरोध भएको थियो ।

त्यसपछि प्रचण्डको निर्देशमा समितिले आफ्नो सूचना आफैँ खारेज गरेको हो । छनोट तथा सिफारिस समितिको अध्यक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, सदस्यमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका उपप्राध्यापक डा। चन्द्रकला घिमिरे रहेकी छिन । घिमिरे माओवादी निकट बुद्धिजिवी परिषद्को नेतृ हुन ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १०:२४